काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बाल कलाकार सचिन परियारको निधन भएको छ । आज विहीबार विहान उपचारका क्रममा निधन भएको हो। १२ दिनअघि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाईे अस्पताल भर्ना गरिएको थियो।
गुल्मीको मुसिकोटका सचिन १३ वर्षका थिए। ९ वर्षका उमेरमा एउटा युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि उनी चर्चामा आएका थिए। त्यसपछि उनले विभिन्न समयमा लाइभ दोहारी गीतलगायतमा आफ्नो कला देखाएका छन् । उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दुःख व्यक्त गरेका छन् ।











