काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६७ जना पुगेको छ ।
१८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म १६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ । १७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ ।
