काठमाडौं । शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो देशका सबैजसो ठाउँमा बदली भएकोमा पश्चिम नेपालका केही ठाउँमा पानी परेको थियो।
यस्तै हुम्लालगायत धेरैजसो हिमाली भूभागमा हिमपात भएको छ । कालीकोट, डडेलधुरा लगायतका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको थियो ।











