(230813) -- KATHMANDU, Aug. 13, 2023 (Xinhua) -- The Kathmandu Valley is pictured after rains, from the southwest of the valley, in Kathmandu, Nepal, Aug. 12, 2023. (Photo by Hari Maharjan/Xinhua)

काठमाडौं । शुक्रवार बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ ।

आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । भोलि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने बतायएको छ ।

हिजो रातिदेखि सुदुर र कर्णालीका हिमाली जिल्लाहरुमा बाक्लो हिमपात शुरु भएको छ । हुम्लामा बाक्लो हिमपात भएको छ भने हिमपात अझै रोकिएको छैन । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।