रोल्पा १५ साउन / रोल्पाको गाँउ पालिका र नगरपालिकाको प्रारम्भीक खाका सार्बजनिक गरिएको छ । स्थानीय तह पुनस्संरचना प्राविधिक सहयोग समितिले सार्बजनिक गरेको खाकामा स्थानीय निकाय पुनःसंरचना बनाउँदा रोल्पामा बनाउन सकिने गाउँ पालिका तथा नगरपालिकाहरुको बारेमा खुलाईएको छ ।
प्रस्ताबित उक्त खाकामा रोल्पामा १ नगरपालिका सहित ६ वटा गाउपालिका राखिएको छ । प्रस्तावित खाकामा लिबाङ नगरपालिका सहित सुलिचौर, जैमाकसला, कुरेली, घर्तीगाउँ, गैरिगाउँ र होलेरीलाई केन्द्रविन्दु मानेर ६ वटा गाउँपालिका रहेका छन् । उक्त खाकामाथि शुक्रवार जिल्लाका राजनीतिक दलहरुसँग छलफल गर्दा दलहरुले गाउपालिकाको संख्या बढाउनुपर्ने सुझाव आएको बताइएको छ ।
उक्त प्रस्तावित खाकाको बारेमा शनिवार जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गरिएको छ । योसँगै जिल्लामा कस्तो स्थानीय निकायको संरचना बनाउने भन्ने बारेमा बहस सुरु भएको छ ।