इन्द्रेणी संवाददाता
दाङ। दाङको गढवा-कोइलावास सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् । उक्त सडकखण्डको कक्रहवामा रा १ ह ५९०४ नम्बरको अटो पल्टदा राजपुर ३ भैसहवा बस्ने अन्दाजी वर्ष ५० का तुलाराम बिकको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका विकको लमही अस्पतालमा उपचारपछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा मृत्यु भएको हो ।
दुर्घटनामा परी राजपुर ३ कै ४० वर्षका बसन्ती बिक र राजपुर ४ का ३६ वर्षका प्रेम चन्द्र यादव घाइते भएका छन् । घाइते विकको लमही अस्पतालमा उपचार भइरहेको छ भने यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भैसहवा देखी कोईलाबासतर्फ जादै गरेको उक्त अटो अनियन्त्रित भई पल्टीएको थियो । अटो चालक राजपुर ३ भैसहवा बस्ने बर्ष ४० को मदन बिकलाई भने प्रहरीको नियन्त्रणमा लिएको छ ।











