काठमाडौं । नेपाल नर्सिङ संघमा सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट गठबन्धनको प्यानलै विजयी भएको छ।

संघको शुक्रबार भएको एमाले र माओवादीनिकटको गठबन्धनले चन्द्रकला शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको थियो। निर्वाचन परिणामअनुसार एमाले माओवादी निकट गठबन्धनबाट शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानलै विजयी भएको हो। सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एकीकृत समाजवादी निकटबीच पनि गठबन्धन भएको थियो। उक्त गठबन्धनबाट एकीकृत समाजवादीनिकट गंगाकुमारी थापा नेतृत्वमा प्यानल थियो।

एमाले र माओवादी निकटले गठबन्धन गरेपछि एमाले निकट बसन्ती थापाले बागी उम्मेदवार दिएकी थिइन्। शर्माले दुई हजार १५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले १ हजार ३७० र बसन्ती थापाले २८२ मत प्राप्त गरिन्।