इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा शुक्रऋषि चौलागाई निर्वाचित भएका छन् । मंसिर २८ गते सम्पन्न निर्वाचनबाट प्रतिद्धन्दी रुद्र सुवेदीलाई पराजित गर्दै चौलागाई अध्यक्षमा निर्वाचित भएका हुन् । चौलागाईले ५९९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ३९१ मत ल्याएका थिए । चौलागाई प्रेस युनियन र प्रेस चौतारीको सयुक्त प्यानलका उम्मेदवार हुन् भने रुद्र सुवेदी प्रेस चौतारीका उम्मेदवार हुन् । उनलाई प्रेस सेन्टरको समर्थन गरेको थियो ।
त्यसैगरी उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा मिना ढकाल, महासचिवमा पाण्डवप्रसाद शर्मा, सचिवमा गोविन्द प्रसाद शर्मा, समावेसी सचिवमा सरला सुवेदी, कोषाध्यक्षमा प्रेम नारायण आचार्य निर्वाचित भएका छन् । लम्बिनी प्रदेशमा सबै पदाधिकारी प्रेस युनियन र प्रेस चौतारीको सयुक्त गठबन्धनको प्यानल निर्वाचित भएका हो ।













