इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सन्नोष सुवेदी चयन भएका छन् । नेपाल पत्रकार महासंघको मंसिर २८ गतेको निर्वाचन प्रक्रियाबाट सुवेदी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

महासंघको उपाध्यक्षमा उपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा नारायणी रजौरे, सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, समावेसी सचिवमा परियार र कोषाध्यक्षमा अमर क्षितिज भण्डारी चयन भएका छन् । निर्वाचन प्रक्रियाबाट जिल्ला शाखाका कार्यसमितिका सबै पदाधिकारी, सदस्य, प्रदेश परिषद सदस्य र राष्ट्रिय परिषदका सदस्यहरु सर्वसम्मती रुपमा चयन भएको प्रमुख निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिएका छन् ।