इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोन्वयन दर्ता भएको छ । महासंघको लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज दाङको भालुवाङ्मा मनोन्वयन दर्ता कार्यक्रम भएको हो ।

महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । केन्द्रीय गठबन्धन अनुसार प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवारका रुपमा शुक्रऋषी चौलागाईले उम्मेदवारी दिएका छन् । प्रेस सेन्टरका तर्फबाट मानसिंह विश्वकर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागि रुद्र सुवेदी र नरेन्द्र थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । सुवेदी प्रेस चौतारीका हुन् भने थापा प्रेस युनियनका हुन् ।

निर्वाचनका लागि गठित निर्वाचन समितिले आज नै नामावली प्रकाशन गरेको छ भने अन्तिम नामावली प्रकाशन भोलि विहान १० बजेपछि गर्ने छ ।