दाङ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ खमारीका १६ बर्षीय दिपेन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर–४ ठुला खाली खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु.प्र.०२–००१ प १७१७ नम्बरको मोटरसाइकल आज दिउँसो सवा २ बजेतिर अनियन्त्रित भएर रुखमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीन जना सवार उक्त मोटरसाइकल सडक देखि ५ मिटर तल खसेर इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । घाइते दिपेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सवा ३ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्का र १८ वर्षीय सन्दिप वलीको उपचार भइरहेको छ ।