घोराही । घोराहीमा तेस्रो दाङ जिल्ला स्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ । घोराही तेक्वान्दो दोजाङको आयोजनामा सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
घोराही तेक्वान्दो दोजाङ प्रमुख बिरुभाई बज्राचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख अतिथ्यता एवं घोराही उपमहानगरपालिका अन्तर्गत रहेको खेलकुद विकास समितिका संयोजक नरेन्द्रपुनको विशिष्ट आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
आयोजक संस्था घोराही तेक्वान्दो दोजाङका अनुसार प्रतियोगितामा खेलाडीहरुले २३ केजी , २५ केजी, २८ केजी, ३१ केजी, ३५ केजी, ३९ केजी र ४२ केजी मुनि तौल समूहमा महिला र पुरुष खेलाडीहरुले प्रतिष्पर्धा गरेका छन् ।
प्रतियोगितामा दाङ जिल्लाका विभिन्न डोजाङका खेलाडीहरूले भाग लिएका छन् । दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।