काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाए ।

उहाँले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए । टोम मूर्सले ४५ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन ेजोडेका थिए । बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए भने म्याट क्रिच्ट्लीले एक विकेट लिए । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ ।