काठमाडौं । मंसिर १६ गते भएको पालिका उपनिर्वाचनको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ ।

४२ पदमध्ये समग्रमा नेपाली कांग्रेसले १७ पद, माओवादीले ११ पद र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात् काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ ।

उपनिर्वाचनको मत परिणाम

कांग्रेसले जितेका क्षेत्र  (मेयर) 
कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल
वडाहरू 
१. कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन ।
२. हेटौँडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी ।
३. कञ्चनपुरको भीमदत्त नगरपालिका – ६,  प्रकाश चन्द ।
४. तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु ।
५. सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु ।
६. रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर ।
७. बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु ।
८. रौतहटको  राजपुर नगरपालिका – ६, समसे आलम ।
९. गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ ।
१०. रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक ।
११. डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा ।
१२. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री ।
१३. जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह ।
१४. दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर ।
१५. बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा ।
१६. कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ ।

माओवादीले जितेका पालिककाहरू :

१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – नमोनारायण माझी ।
२. जाजरकोटको नलगाड नगरपालिका उपमेयर – देवका लामिछाने ।
३. रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष–नरपुरा बुढा ।
४. हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष– देवकी तिमिल्सना ।
वडाहरू 
१. उदयपुरको त्रियुगा नगरपालिका – १२,  नविनकुमार वान्तवा राई ।
२. उदयपुरको बेलका नगरपालिका– ९  भरत घिमिरे ।
३. नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे (मिलन) ।
४. धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट ।
५. गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर ।
६. डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री ।
७. रुकुमको पुथा उत्तरगंगा–२, जगत घर्ती (निर्विरोध) ।

एमालेले जितेका पालिकाहरू :

१. दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही ।
२. बाजुराको स्वामीकार्तिक गाउपालिका उपाध्यक्ष– सुलोचना भण्डारी।
३. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा मगर शेर्पा ।

एमालेले जितेका वडाहरू 

१. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान ।
२. दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही ।
३. ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन ।
४. महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ ।
५. ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ ।

रास्वपाका उम्मेदवार विजयी भएको वडाहरू :

१. काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ ।

जसपा नेपालका उम्मेदवार विजयी भएका वडा :

१. सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह ।
२. सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव ।

एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडा :

१. रौतहटको गढीमाई नगरपालिका – ८,  बजरङ्गीप्रसाद यादव ।
नेमकिपाका उम्मेदवार विजयी भएको वडा :

१. कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही ।

स्वतन्त्र उम्मेदवार विजयी भएको वडा :

१. झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली ।