रुकुम । रुकुमपश्चिमको आठबिसकोटमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । बुवाको हत्यापछि उनी फरार छन् ।

उनको खोजीमा प्रहरी परिचालन गरिएको छ । बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताइएको छ ।
स्थानीयका अनुसार बुवाले कान्छी श्रीमती ल्याएको भन्दै पटक पटक विवाद हुने गरेको थियो ।