कास्की । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।

पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो।