तुलसीपुर । माओवादी केन्द्र तुलसीपुर ६ को अध्यक्षमा पुनः विरेन्द्र बुढामगर (हिमाल) चयन भएका छन् । शनिबार तुलसीपुरमा भएको दोस्रो सम्मेलनले हिमाल अध्यक्षता चयन भएका हुन् ।
त्यस्तैे उपाध्यक्षमा कुलबहादुर बस्नेत, सचिबमा अर्जुननाथ योगी, सहसचिबमा शुष्मा चौधरी,कोषाध्यक्षमा प्रेम कुवँरलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा माया डीसी, विरसिंह घर्ती क्षेत्री, बलबहादुर वली, तिलकराज केसी,दिलबहादुर बुढा, निराजन केसी, शुसाङ्क बस्नेत,सागर घर्ती मगर,सरिता सुनार, आशकुमार बुढा, पुष्पा खातुन, सुनिता परियार, सुमित्रा योगी र मुस्कान घर्ती मगरलाई चयन गरिएको छ ।
त्यस्तै १० जना नगरप्रतिनिधि समेत चयन गरिएको छ । जसमा अमर नेपाली (माईकल) सीताराम शर्मा, हेविन्द्र शाही, बालिका बुढाथोकी, गोकुल चौधरी, उदयबहादुर विश्वकर्मा, अमर विक, ओजबादुर विक, ललित बुढामगर र बेलमति विक।
अध्यक्ष हिमालको अध्यक्षता तथा केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुवेर ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।











