दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष डाँसबहादुर डाँगीले व्यावसायिक रूपमा पालेका लोकल माहुरीका घारहरू । डाँगीले स्थानीय सेरेना जातका ६० बढी घार माहुरी पालेका छन् । लोकल माहुरीको मह प्रतिकेजी १२ सय रुपियाँका दरले बिक्री गर्ने गर्दै आएका छन् । लोकल माहुरीको मह बिक्री गरेर वार्षिक दुई लाख बढी आम्दानी गर्दै आएका छन् ।

तस्बिर : लीलाधर वली