दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा बालकृष्ण वली सर्वसम्मत चयन भएका छन् ।

प्याब्सनको बुधबार घोराहीमा सम्पन्न छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले वली नेतृत्वको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यस्तै कमिटीको उपाध्यक्षमा मानसिंह घर्ती मगर, सचिव विमल भण्डारी, कोषाध्यक्ष चित्रबहादुर घर्ती मगर, सहसचिव सन्दीप शाह र सहकोषाध्यक्षमा शिव भण्डारी चयन भएका छन् । सदस्यहरुमा हरि डिसी, महेश बस्नेत, प्रेम सुशील वली, टोपबहादुर वली, विलाश घिमिरे, किरण न्यौपाने र प्रदीप राजभण्डारी चयन भएका छन् ।