कालीकोट । खिनदेखि थिर्पुसम्म आउँदै गरेको जिप कालीकोटको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप आइतबार दिउँसो २ बजेर ३० मिनेटतिर राडुकाप्रे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । गाडीमा कति जना थिए भन्ने खुलेको छैन । अझै खोज तथा उद्धारमा प्रहरी र स्थानीय जुटेका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । थप विवरण भने आउन बाँकी नै छ।