विराटनगर । मानव तस्करी गर्न खोजेको अभियोगमा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको हो । पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसो १ः५० को उडानबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । उनलाई अनुसन्धानको समय भरीका लागि नेकपा एमाले सांसदबाट निलम्बन समेत गरिसकेको छ ।