काठमाडौँ । यस वर्षकोछठ पर्वलाई विधिगत रुपमा सकिएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वलाई विधिगत रुपमा बसमापन गरिएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो ।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन्।