दाङ । दाङमा आज दिउँसो भएको कार दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर ६ बस्ने ४५ वर्षका कर्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

कार दुर्घटनापछि उपचारका लागि घाइतेलाई लमही उपचारका लागि पठाइएको थियो । थापाको उपचारका क्रममा मृत्यु भएको करिव साढे १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेतिर तलसीपुरबाट अमिलियातर्फ जादै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही ९ अम्राई खोजा जनिकै दुर्घटना भएको थियो ।