दाङ । दाङमा कार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका ९ अम्राई जनिकै दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेमा तुलसीपुर ७ भुमरे चोक बस्ने बर्ष ३३ को पुर्ण बहादुर खत्री र तुलसीपुर ६ बस्ने बर्ष ४५ का कर्ण बहादुर थापा रहेका छन् । घाइतेमध्ये खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई उपचारका लागि लमही पठाइएको प्रहरीले बताएको थियो । कार आज दिउँसो १२ बजेतिर दुर्घटना भएको थियो ।
