उदय बीसी
जाजरकोट । हो गीतकार लक्ष्मण ओलीले शब्दमा उनेर बनाएको गीत ‘रिम्ना दोभान’ मा गायक तिलक परियारले भनेजस्तै जाजरकोटको भेरी नगरपालिका–१ मा अवस्थित रिम्ना दोभान साँचिकै प्रकृतिको काखमा सुन्दर छ । यहाँ डोल्पा हुँदै आएको ठूलीभेरी नदी र रुकुम पूर्व, रुकुम पश्चिम हुँदै आएको सानीभेरी नदीको संगमस्थल हो । रिम्ना दोभानलाई कर्णाली प्रदेशको प्रवेशद्धारको रूपमा पनि चिनिन्छ । रिम्ना दोभानसँगै यस आसपासका पहाडी बस्तीहरू पनि निकै मनमोहक छन् ।
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन
