इन्द्रेणी समाचारदाता
कास्की। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज आइतबार अदालतमा हाजिर गराइने भएको छ ।
आज शनिवार अदालत विदा भएकाले लामिछानेलाई आज कास्की जिल्ला अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ । कानुन अनुसार कुनै व्यक्तिलाई पक्राउ गरिएको २४ घण्टाभित्र अदालतमा हाजिर गराउनुपर्ने हुन्छ । तर विचमा शनिवार परेकाले उनलाई भने प्रहरीले पक्राउ परेको २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सकेन ।
जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि शुक्रवार सभापति लामिछानेलाई पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । उनी कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।
