इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले जुवाको खालबाट सात जनालाई पक्राउ गरेको छ । बुधवार वेलुका घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नयाँ वसपार्कको एक होटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुकुम पूर्व भुमे गाउँपालिका ३ घर भई घोराही १४ मा बस्ने होटेल सञ्चालक बोधधन रोका, पुथा गाउँपालिका ११ घर भई घोराही १५ मा बस्ने गमचन्द्र बुढा, विष्णु बुढा, ज्योती बुढा, घोराहही १५ का अम्मर घर्ती, रुकुम पूर्व पुथा गाउँपालिका ११ घर भई घोराही १४ मा बस्ने सुकलाल बुढा र घोराही १३ का दिपक विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वरी थापाका अनुसार बोधधन रोका नयाँ वसपार्कमा सञ्चालन गरेको कुमारी होटलमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट नगद् ५८ हजार ४५५ रुपैयाँ र तीन गड्डी तास समेत वरामद गरिएको छ ।