इन्द्रेणी संवाददाता
दाङ । दाङ प्रहरीले १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महादेवामा बस्ने २५ वर्षका अनिल विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनले अति आवश्यक कुरा गर्नु छ भन्दै बोलाएको र ललाइ फकाइ बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।