नवलपरासी । पूर्वं पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएका छन् ।

सडक चर्किएर साढे १ फिट भासिएको बताइएको छ । सडक भासिएपछि सोमबार वेलुका ६ बजेबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।