काठमाडौँ । दुई दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ जनाको पुगेको छ ।
सोमबार दिउँसोसम्म २०४ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ८२ जनाको ज्यान गएको छ । ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।












