इन्द्रेणी संवाददाता
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत नेपाल राष्ट्रिय कर्मचारी संगठनको लुम्बिनी प्रदेशले महाबिर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै प्रथम प्रदेश सम्मेलन सम्पन्न गरेको छ । शनिबार दाङको घोराहीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले जिसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाल कमन्युष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्य, केन्द्रीय सदस्य हेमराज शर्मा र नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष तेज खत्रीको विशिष्ट आतिथ्यमा सम्पन्न सम्मेलनमा नेपाल कमन्युष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम पुन ‘सुभाष’ तथा जिल्ला सचिव विश्व आचार्यको उपस्थिति रहेको थियो ।
यस्तो छ नवनिर्वाचित कार्य समिति
अध्यक्ष : महाबिर जिसी (शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय,दाङ)
बरिष्ट उपाध्यक्ष: धर्मेन्द्र कवर (रोल्पा प्राविधिक शिक्षालय, रोल्पा )
उपाध्यक्ष: डा. विष्णु सुवेदी (राप्ती प्राविधिक शिक्षालय, दाङ)
सचिव: माधव अधिकारी (शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय,दाङ)
कोषाध्यक्ष: नविना हमाल (उत्तर पुस्तिका परीक्षण केन्द्र,कोहलपुर)
सह सचिव: सुनिल थापा (सिटिइभिटी प्रदेश कार्यालय)
सह सचिव: सुशील क्षेत्री ( कोरिया नेपाल टेक्निकल बहुप्राविधिक शिक्षालय, रुपन्देही)
सदस्यहरु:
प्रचण्ड न्यौपाने (एग्रो फरेष्ट्री बहुप्राविधिक शिक्षालय,अर्घाखाँची)
गितान्जली राना (शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय)
सरोज बोहरा (मदनपोखरा बहुप्राविधिक शिक्षालय,पाल्पा)
प्रकाश रामदाम (भेरी प्राविधिक शिक्षालय, बाँके)
पवन कुमार खड्का (रोल्पा प्राविधिक शिक्षालय, रोल्पा )
खिम कवर (रोल्पा प्राविधिक शिक्षालय,रोल्पा )
गोमा ओली (शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय,दाङ)