इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्टिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछाने लगानी नगरेरै गोरखा मिडिया प्रालिको शेयर सदस्य बन्नु गलत भएको बताएका छन् । प्रेस चौतारी दाङले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले आफूले पैसा लगानी नगरेरै १५ प्रतिशतको शेयर बन्नु गलत काम भएको बताएका हुन् ।
अहिलेको राजनीतिमा चर्चाको विषय नै सहकारीको रकम अपचलन र यसबारे बनेको प्रतिवेदन भएको भन्दै महासचिव पोख्रेलले विना लगानी शेयर धनी बन्नु कानुनले परिकल्पना समेत नगरेको विषय भएको बताए । नेपालकै आर्थिक अवस्थामा शंकट उत्पन्न भएको बेला सहकारीमा पनि शंकट देखिनु अनौठो कुरा नभएको भन्दै यसलाई वित्तीय क्षेत्रमा उत्पन्न प्रभावका रुपमा बुझना सकिने समेत उनले बताए । तर सहकारीको रकम उपचलन सम्बन्धी प्रतिवेदनको प्रक्रिया अघि वढी रहेकै वेला रवि लामिछानेले ‘क्लिन चिट’ विषयलाई प्रचारवाजी गरेको भन्दै विना लगानी कुनै ठाउँमा शेयर धनी बन्नु भ्रष्टाचार नै भएको दावी गरे ।
एक अर्काे फरक प्रशंगमा चर्चा गर्दै महासचिव पोख्रेलले प्रतिवक्ष दलले एमाले–काग्रेसको गठबन्धन केही महिना पनि टिक्दैन भन्नु सत्ताबाट वाहिरिनुको पीडा भएको बताए । उनले अहिलेको अवस्थामा यो गठबन्धनको विकल्प समेत नभएको दावी गरे । उनले माओवादीले दश वर्षसम्म चलाएको सशस्त्र युद्धलाई कुनै हालतमा जनयुद्ध हुन सक्ने र यसलाई जनयुद्ध भन्न उचित नहुने र स्वीकार्य समेत नहुने बताए । राजनीति जनताको मन जितेर गरिने भएकाले एमाले आगामी निर्वाचनमा एक्लै लड्ने बताए । काग्रेसले पनि एक्लै जाने भनिरहेको र पछिल्लो समयमा माओवादीले पनि एक्लै चुनाव लड्ने भनिरहेको भन्दै माओवादीलाई धन्यवाद दिए ।
