काठमाडौं । एक किलोभन्दा धेरै लागूऔषध कोकिनसहित इभोरी कोस्टका एक नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले अफ्रिकी देश इभोरी कोस्टका नागरिक भामारा कोनलाई एक किलो ८८ ग्राम कोकिनसहित पक्राउ गरेको हो । अबैध बजारमा यसको मूल्य तीन करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।

इभोरी कोस्टका नागरिक कोनलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ ठमेल ज्याठामा रहेको एक होटलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ । उनी कतार एअरवेजको उडानबाट भदौ ३ गते नेपाल आइपुगेका थिए । शङ्का लागेपछि पिछा गरेको प्रहरीले ठमेलको एक होटलबाट उनलाई पक्राउ गरेको हो । उनले कोकिनको क्याप्सुल नाइजेरियाबाटै निलेर काठमाण्डौसम्म ल्याएको खुलेको छ ।

भारत लैजान लागेको कोकिन उनले काठमाण्डौमा अर्कै व्यक्तिलाई बुझाउने तयारीमा थिए । अर्कै व्यक्तिलाई दिन एउटा खेलौनाभित्र राख्दै गर्दा कोकिन फेला परेको प्रहरीले जनाएको छ ।को हो ।