तनहुँ । तनहुँको आँबुखैरेनीमा भारतीय बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते छन् । उनीहरु अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाँच जनाको अवस्था पनि गम्भीर रहेकाले मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आज विहान मस्याङ्दी नदीमा खसेको हो।
