काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोप लागेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि आज बोलाएको छ।
विशेष समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछका लागि बोलाएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन्। गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक हुँदा ८० करोड रुपैयाँ अपचलन गरेको लामिछानेमाथि आरोप लाग्दै आएको छ ।
लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ। उनलाई भने बिहान ११ बजे बोलाइएको छ।











