काठमाडौं । नेवार समुदायले आज वर्षभरी दिवंगत भएकाहरुको सम्झनामा गाईजात्रा पर्व मनाइँदैछ। यो पर्व नेवार समुदायको वाहुल्यता भएको ठाउँहरुमा भाद्र शुक्ल प्रतिपदामा दिन मनाइन्छ ।
विशेष गरी काठमाडौंमा नेवार समुदायको बाहुल्यता भएकाले यहाँ भव्य रुपमा मनाइन्छ । आजको दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ।
दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ। गाईजात्राका अवसरमा आज काठमाडौ उपत्यकामा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
