इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ बस्ने बिष्णु चौधरी, तुलसीपुर १८ हेमन्तपुर बस्ने देबदास देबकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई सोमबार दिउँसो तुलसीपुर उपमहानगरपालिका १५ पहरुवाको एक नर्सरीमा मोटरसाइकलका पाटर्स खोलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अस्थायी प्रहरी पोष्ट कोठहरीबाट खटिएको प्रहरीको गस्ती टोलीले नर्सरीभित्र मोटरसाइकल खोलिरहेको देखेपछि शंका लागेर चेकजाँच गर्दा चोरीको दुई मोटरसाइकलसहित उउनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट रा ८ प ३३५८ नं।को २२० पल्सरर रा ६ प ७७४१ नं।को २२० पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।