२०५६ साल देखि सांगितिक क्षेत्रमा चिनिदै आएका एक दङाली युबा को नाम हो ज्ञानेन्द्र स्वर्णकार । बाल कलाकारको रुपमा रेडियो नेपालले आयोजना गरेक बाल गित महोत्सब बाट आफ्नो गायन यात्रा सुरु गरेका ज्ञानेन्द्र दङ्गाली सांगितिक क्षेत्रमा ओझेलमा परेका गायको रुपमा चिनिन्छन ।

साठी सालतिर लोकदोहरी गायनमा निक्कै रुचाइएका गायक ज्ञानेन्द्र आर्थिक अबस्थाका कारण दुईचार बर्ष ओझेलमा पर्नु परेको बताउछन । “ त्यतिबेला आर्थिक अबस्था राम्रो नहुदा चाहेर पनि यो क्षेत्रमा जमेर लाग्न सकियन । अब निरन्तरता दिने सोचमा छु । “ गायक ज्ञानेन्द्रले बताय ।

13874994_920064688103798_595594669_n२०५७ साल तिर प्रख्यात गायिका लोचन भट्टराई सङ्ग आँखा मेरा आसुका सागर बोलको गित रेकर्ड गरायर सानै उमेरमा सांगितिक क्षेत्रमा होमिएका ज्ञानेन्द्रका करिब करिब एक दर्जन भन्दा माथी गित चर्चा कमाउन सफल भएका गितमा गनिन्छन ।

जुनसुकै बिधामा पनि गाउन सक्ने खुबी भएका ज्ञानेन्द्र नेपाली सांगितिक क्षेत्रमा दर्शक र स्रोताको माग बमोजिम आफुले गाउन सक्नु नै आफ्नो खुबी भएको स्विकार्दछन । “ लोकदोहरी मात्र होईन , मैले आधुनिक बिधामा पनि गित गाएको छु । म लोक गायक मात्र होइन नेपाली गायक बन्न चाहन्छु । “ ज्ञानेन्द्रले बताए ।

२०६० सालमा कोमल वलि सङ्ग गायक्क दुख पाईयाछ , मलाई घर धान्ने केटि चाईयाछ बोलको गितबाट लोक दोहरी क्षेत्रमा निक्कै चर्चा बटुल्न सफल गितले ज्ञानेन्द्रलाई धेरै उचाईमा पुर्‍याएको उनी आफै बताउछन । “ दङाली गायिका कोमल वलि दिदी सङ्ग गायको गितले देशब्यापी रुपमा चर्चा कमाउदा त्यो समय ज्यादै खुशी थिए । अझै पनि मलाई त्यो गित बाटै चिन्ने धेरै छन ! “ गायक ज्ञानेन्द्रले बताए ।
अर्कि दङ्गाली गायिका सिन्धु मल्ल सङ्ग गायको बुलबुले तालैमाले पनि त्यो समय निक्कै चर्चा कमाएको थियो ।

लोकदोहरी गायन र लय तथा शब्द संकलनमा आफ्नो बलियो पकड बनाईसकेका गायक ज्ञानेन्द्रले आधुनिक गायन र शब्दमा पनि आफुलाई सांगितिक बजारमा चिनाउन सफल भएका छन ।

हासिबोले माया भन्छन , झर्की बोले रिसानी बोलको गित रचना अनि संगित भरेर आधुनिक बिधामा नाम कमाएका ज्ञानेन्द्रको शब्द रचना अनि संगितमा रास्ट्रीय कलाकारको पनि स्वर रहेको छ ।

13866550_920064731437127_577653725_nदङ्गाली कलाकार गोबिन्द मधुर आचार्यले स्वर दिएको दुनियाको कुरा सुन्यौ , नया नया जाल बुन्यौ बोलको गितले तीन बर्ष अघि व्यापक चर्चा कमाएको थियो । आधुनिक बिधामै ज्ञानेन्द्रले गायको आगो आगो बोलको गितले ७३ सालको सुरुवातिमै धमाका मच्याउन सफल मानिन्छ ।

लोकदोहरी , आधुनिक बिधामा सफल गायक ज्ञानेन्द्रले यो बर्षको तिजमा दाङ लगायत पश्चिम नेपाल लाई नचाउने उद्देश्यले एक तिज गित बजारमा ल्याएका छन । दङाली गायिका गिता खडकाको साथमा आफैले गायका ज्ञानेन्द्रले सिरफुल लाउदा यति राम्री बोलको गितले पश्चिम नेपाल लाई नचाउने उनको दाबी छ । दङाली गायक गायिका लगायत मोडलहरुपनी दाङ कै स्थानिय ले गर्दा दाङको बजार सिरफुल लाउदाले तताईसकेको गायक ज्ञानेन्द्रले बताए  ।