गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा एकै घरका आठ जना बिरामी परेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँका रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार खानीगाउँका ६५ वर्षीय टोमबहादुर थापा, ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दिपदिका थापा, १२ वर्षीया बिनिसा थापा, ४२ वर्षीय सिर्जना काउछा र ३९ वर्षीय गीता थापा बिरामी भएका हुन् ।
थापाका जेठो ज्वाइँ ओसन काउछाले टिपेर ल्याएको जङ्गली च्याउ आइतबार राती करिब ९ बजेको समयमा पकाएर खाँदा बोमिट गरी सो सङ्ख्यामा बिरामी परेका हुन् । उनीहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।
