काठमाडौं । आज दिउँसो छ प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।