काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विभिन्न ३४ जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेपछि भोलिसम्म ती जिल्ला र क्षेत्रहरुमा रात्रिकालिन बस सक्भर नचलाउन र यात्रा नगर्न आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि रातिसम्म उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको हो ।

आज विशेष सूचना निकालेर प्राधिकरणले मौसम विज्ञान विभागले ुरेड अलर्टु जारी गरेका जिल्लाहरूमा विभिन्न निकायलाई निर्देशन पनि दिएको छ । रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यस्तै ठूलो पानी पर्ने अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरू राख्न र आपत् परे तुरुन्तै फोन गर्न तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।