इन्द्रेणी संवाददाता

दाङ । भोलि शनिवार घोराहीदेखि धार्मिक पर्यटकीय क्षेत्र धारापानीसम्म बोलवम पैदल यात्रा तथा जल चढाइने कार्यक्रम हुँदैछ ।

बोलवम पैदल यात्रा तथा जल चढाइने कार्यक्रम भोलि विहान ७ बजे घोराहीस्थित गणेश मन्दिरबाट शुरु हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बोलवम पैदल यात्रा तथा जल चढाइने कार्यक्रम धारापानी मन्टिर पुगेर समापन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । साथै यो र्काक्रममा सहभागी हुने सबै भक्तजनहरुलाई आग्रह गरिएको छ । धारापानीमा साउन १ गतेदेखि शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती जारी छ ।