काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेसँगै आजै पुरक परीक्षाको मिति पनि तय गरेको छ । बोर्डले आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा बनाउने जनाएको छ ।

नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

सार्वजनिक नतिजाअनुसार कक्षा १२ को परीक्षामा सहभागी तीन लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् ।