प्यूठान। प्यूठानको गौमुखी गाउँपालिकामा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका वडा नं. ५ बस्ने ७१ वर्षीय लक्ष्मीकुमारी मल्ल, ३५ वर्षका मीनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको हो ।
जिल्ला अस्पताल प्यूठानमा भएको परीक्षणमा हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्यूठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।
गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको सङ्क्रमण देखिएको हो । हैजा देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
