धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । आज प्रदेश सभालाई सम्बोधन गर्दै सोडारीले पदबाट राजीनामा दिएका हुन् । प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा एमालेको माग बमोजिम मार्ग प्रशस्त गरेको उनले सम्बोधनका क्रममा बताए ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने अनुमति लिएको भएपनि प्रस्ताव नगरेको बताउँदै बैठक स्थगित गरेका थिए । केन्द्रीय नयाँ सत्ता समीरकण अनुसार एमाले प्रदेश सरकारबाट वाहिरिएपछि सोडारी अल्पमतमा परेका थिए ।