इन्द्रेणी संवाददाता
दाङ । दाङमा ट्रक पल्टिदा दुई जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको फलामको छड बोकेको ना ६ ख १६५३ नम्बरको ट्रक विहान पौने ११ बजेतिर घोराही ३ कुइरेपानीमा पल्टिदा ट्रक चालक र सहचालक घाइत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेहरुमा ट्रक चालक कपिलबस्तु शिवराज नगरपालिका ५ बस्ने ५९ वर्षका हरिबहादुर खत्री र सहचालक १८ वर्षका दिलिप थारु रहेको प्रहरीले जनाएको छ । ट्रक पल्टिएपछि रडले च्यापिएको अवस्थामा सहचालक थारुलाई उद्धार गरिएको थियो । उनीहरु दुबैको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
