इन्द्रेणी संवाददाता
दाङ । दाङमा आज बुधवार बस र ट्रक एक आपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डको हापुरखोलामा ना ४ ख ४०९६ नम्बरको ट्रक र विवरित दिशातर्फबाट आएको ना ४ ख ३८४८ नम्बरको बस ठोकिएका हुन् ।
ट्रक तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको र बस तुलसीपुरतर्फ जाँदै गरेको भएको प्रहरीले जनाएको छ । घाइते सबैको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामान भरुहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते सबै बसमा सवार यात्रुहरु हुन् । बस र ट्रक दुबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
