काठमाडौँ । आज विहान त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा जहानका क्याप्टेन मनिषरत्न शाक्यको जीवितै उद्धार गरिएको छ । उद्धारपछि क्याप्टन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।

विमानमा अन्य १८ जनाको भने मृत्यु भएको छ । विहान ११ बजेतिर काठमाडौंबाछ पोखाराका लागि उडेको सौर्य एयरको ९–एनए एमई विमान विमानस्थलको पूर्वतिर दुर्घटना भएको थियो । विमान दुर्घटनापछि सबै अवस्था सामान्य भएपछि केही समय अवरुद्ध भएको विमास्थल सुचारु भएको छ ।