काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

आज सिंहदरबारमा बसेको तीन दलका शीर्षनेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफल भएको थियो

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधान मिचेर प्रधानमन्त्री बनेको निष्कर्ष निकाल्दै साझा एजेन्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले पर्सि आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।