बाँके । नेपालगन्ज कोहलपुर सडक खण्डमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु २ ख ४६ नम्बरको मिनी बसको ठक्करबाट शुक्रवार दिउँसो जानकी गाउँपालिका ६ की ६५ वर्षीया कलावती भाटको मृत्यु भएको हो ।
बसको अगाडिको पट्टा एक्कासि भाँचिएर गनापुरमा पैदलयात्रु भाटलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बसको ठक्करबाट घाइते भाटको नेपालगन्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।











